|  

करिब १ सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल आएपछि.....

१९ बैशाख, काठमाडौं ।  दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू आएको छ।

दिल्ली पुलिसका अनुसार यो धम्की रूसी सर्भरबाट बिहान ५ः ३६ मा उक्त इमले आएको हो । दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ ।

इमेल पठाउनेको पनि खोजी भइरहेको छ । इमेलमा डीपीएस द्वारका, डीपीएस वसन्त कुञ्ज, डीपीएस नोएडा, डीपीएस रोहिणी, ग्रीन भ्याली नजफगढ, मदर मेरी स्कूल मयुर विहार, संस्कृति स्कूल, डीएभी साउथ वेस्ट र अमिता साकेत लगायत नामहरू देखा परेका छन्।

रिपोर्टका अनुसार अहिलेसम्म आईपी ठेगाना एउटै रहेको प्रहरीले आशङ्का गरेको छ । एउटै ढाँचाको मेल सबै विद्यालयमा पठाइएको छ।