|  

तोलामा २७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

१९ बैशाख, काठमाडौं । साताको कारोबराको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।