|  

रेशम र रञ्जिताबीचको विवाद मिल्यो

१५ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद मिलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसँग काँध मिलाएपछि कता उभिने भन्ने विषयमा दुईबीच विवाद चर्किएको थियो । चौधरी र श्रेष्ठबीचको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीले पनि पहल गरेका थिए । चौधरी कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनको पक्षमा उभिएका थिए भने अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनको पक्षमा थिइन्। यो विषयमा चर्किएको विवादले पार्टी विभाजनको तहसम्म पुगेको थियो । चौधरी र श्रेष्ठ श्रीमान श्रीमती पनि हुन ।

लामो रस्साकस्सीपछि संरक्षक चौधरीले महासचिव ठाकुरसिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै अध्यक्ष श्रेष्ठलाई चलाउने आग्रह गरेको बताएका छन् । उनले रञ्जितासहितको फोटो फेसबुकमा राख्दै लेखेका छन, महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरें । उनले नाउपाले लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने समेत बताएका छन् । रेशमले मात्रै होइन, रञ्जिताले पनि कसैले खेलेर रेशम रञ्जितालाई छुटाउन नसक्ने उल्लेख गरेकी छन् ।

उनले आफ्नो परिवारप्रति चिन्ता र चांसो राख्नेप्रति आभर व्यक्ति गर्दै कुनै समस्या नभएको बताएकी छन् । अदालतमा मुद्दा चलिरहेका बेला रेशम दम्पत्तिबीच के के विषयमा सहमति भयो भन्ने खुलाइएको छैन । रेशमले अस्थायी युद्धविरामको संकेत गर्दै सुदूरपश्चिम र लुम्बिनीमा सरकारलाई दिएको समर्थन फिर्ता हुने बताएका छन् । अदालतमा रन्जिताले रेशममाथि टीकापुर नरसंहारको मुख्य योजनाकार भएको र उनले सजाफ माफी पाए पनि सामुहिक अपराधबाट मुक्ति नपाउँने र नैतिक चरित्र पुनस्र्थापित नहुने जिकिर गरेकी छन् ।