|  

गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।‘सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा सरकार गठन भएको थियो ।

सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको थियो,’ पत्रमा भनिएको छ, ‘यस्तो परिस्थितिमा प्रदेशसभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य पनि गैरकानुनी र सर्वोच्चको आदेश विपरीत कार्य हो ।’बैठक सञ्चालन नगर्न सभामुखलाई कांग्रेसले आग्रह पनि गरेको छ ।