|  

आजपनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

७ बैशाख, काठमाडौं । आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम जारी रहेको छ । बिहीबारदेखि सुरु भएको भएको कार्यक्रम आज पनि जारी रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् ।