|  

एसीसी प्रिमियर कपः आज सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

७ बैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दैछ ।

खेल आज बिहान ११ः ४५ मा सुरु हुँदैछ।  समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भेट भएको हो ।

यूएई नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो ।