|  

अभिनेत्री प्रिंयका सुटिङको क्रममा घाइते

६ बैशाख, काठमाडौं । हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन् ।

हलिउड फिल्म ‘हेड अफ स्टेट’ को छायांकनको क्रममा घाइते भएकी  चोपडा को अनुहारमा सामान्य चोट लागेको छ । प्रियंका आफैले सामाजिक सञ्जालमार्फत चोट लागेको जानकारी दिएकी हुन्।

‘पछिल्लो केही वर्ष आफूलाई चोट लागेको कति तस्बिरहरू पोस्ट हुन्छन् थाहा छैन,’उनले लेखेकी छन्। ‘हेड अफ स्टेट’ मा प्रियंकाको खतरनाक एक्सन सिन्स र स्टन्ट छ।