|  

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

६ बैशाख, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ३८ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।

यता आज चाँदी भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।