|  

संघीय संसद्को वेबसाइट ह्याक, ह्याकरले लेख्यो ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’

६ बैशाख, काठमाडौं ।  संघीय संसद्को वेबसाइट ह्याक भएको छ ।

बिहीबार बिहान संसद्को वेबसाइट ह्याक भएको हो । यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।

ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’