|  

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

५ बैशाख, काठमाडौं ।  गोरखाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार जना लाभान्वित भएका छन् ।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका हुन् ।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो शिविरमा  नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।