|  

अब एक्समा पोस्ट गर्न नयाँ प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने

४ बैशाख, काठमाडौं । एलन मस्कले एक्समा नयाँ अकाउन्टबाट शुल्क लिने योजना बनाएका छन् ।

सोमबार एक्स डेली नामक अकाउन्टमा रिप्लाई दिंदै मस्कले एक्सका नयाँ प्रयोगकर्ताबाट सीमित शुल्क लिने योजना बनाइएको खुलाएका हुन् । मस्कले आफ्नै रिप्लाईमा आएको अर्को प्रतिक्रिया दिंदै अकाउन्ट बनाएको तीन महिनापछि मात्र शुल्क नलाग्ने उनको भनाई छ ।

अहिलेसम्म कम्पनीले यो नियम कहिलेदेखि सुरु हुन्छ विषयमा भन्ने स्पष्ट जानकारी बाहिर ल्याएको छैन । नक्कली अकाउन्ट (बट अकाउन्ट) को समस्यालाई पूर्ण रूपमा निराकरण गर्नका लागि भने कम्पनीले नयाँ प्रयोगकर्ताबाट शुल्क लिने परियोजना अगाडि सारेको हो ।