|  

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड,प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ 

४ बैशाख, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १७ सय रुपैयाँ बढेको हो । जस अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको मूल्य हालसम्मकै उच्च हो । यस्तै आजद चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेकोर प्रतितोला १७ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।