३ बैशाख, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा सात सय रूपैयाँ बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।