|  

पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

३ बैशाख, काठमाडौं ।  पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी भएको छ ।

विन्ध्यवासिनी पेट्रोल पम्पमा पेट्रोल भर्न खोज्दा ग ८ प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।

यद्यपि स्कुटर अत्यधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । स्कुटर जलेर ध्वस्त भएको छ भने पम्पमा कुनै असर परेको छैन ।