|  

अरूणाचलको सेरोफेरोमा तनावग्रस्त भारत-चीन सम्बन्ध नियाल्दा

विपिन देव
१३ चैत, काठमाडौं । वर्तमान भू-राजनीति वडो संकटपूर्ण अवस्थामा रहेको छ । कोरोनाको कहर उपरान्त रसीया युक्रेन युद्ध र इजरायल हमास भिडन्तले गर्दा दक्षिण गोलाद्ध (ग्लोवल साउथ) का अधिकाश मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा देखिएको छ । दक्षिण गोलाद्धमा खास गरेर दक्षिण एसियाली अर्थतन्त्रको सम्बन्ध चीन र भारतसँग सघन रहेको छ । पचासको दशकदेखि नै सभ्यता र संस्कृतीका सम्वाहक यी दुई मुलुकरूबीच सम्बन्ध जटिल नै रहेको छ । चीन र भारतको कटुताको दस्तुर दक्षिण गोलाद्धका मुलुकहरूलाई समेत चुकाउनु परेको छ ।

सन् २०१७ को डोकलम विवाददेखि नै चीन भारत विच तनाव चुलिदै गइरहेको छ । सन् २०२० मा ग्लवान घाटीको भिडन्तमा २० भारतीय सैनिकहरू एक भिडन्डमा सहादत समेत भएका थिए । १५ हजार फिटमा विगत चार वर्षदेखि चीन र भारतले आफ्ना ६० हजार सैनिकलाई एक अर्कामा विरुद्ध नैनाथ गरेका छन् । स्थानीय कमाण्डर स्तरको २५ पटकको वार्ताले तनाव शिथिलिकरण नहुनै छाँटकाट देखिएको छ । सन् २०२४ मार्च ११ देखि दुई मुलुकहरूबीच झन तनाव बढिरहेको छ ।

मार्च ११ मा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोवल टाइम्सले अरूणाचल प्रदेश चीनिया भूभाग भएको दावी गरेको छ भने मार्च १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरूणाचलको इटानगर सहरमा विशाल जनसभालाई सम्वोधन गर्दै अरूणाचल प्रदेश भारतको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै विभिन्न योजनाहरूको घोषणा समेत गरेका छन् । भारत चीनबीच भइरहेको शब्द युद्धमा अमेरिकी सरकार समेत सहभागी हु‘दै अरूणाचल प्रदेश भारतको अभिन्न अङ्ग भएको अभिव्यक्ति दिएका छन् ।

भारत चीनबीचको द्वन्द सामरिक समाज (स्ट्राटेजीक कम्यूनिटी) को लागि अध्ययन र अनुसंधानको लागि मुख्य विषय भएको छ । स्टायडर्पmड विश्वविद्यालयका प्राध्यापक सुमित गोगुलीले “इण्डिया चाइना रायभलरी” भन्ने पुस्तक प्रकाशित गरेका छन् । उक्त पुस्तकमा द्वन्दको सिद्धान्तहरूको व्याख्या गरिएको छ । गांगुलीले दक्षिण चीन सागर, ताइवान, भारत चीन वोर्डरलाई इंकित गर्दै यी क्षेत्रहरूलाई तनाव क्षेत्र (हट स्पट) को रूपमा व्याख्या गरेका छन् । कुनै पनि उक्साहटले यी तनाव क्षेत्र युद्धको कुरूक्षेत्र हुन सक्ने सम्भावनालाई सोधद्वारा सिद्द गरेका छन् । भारत चीन द्वन्दको वारेमा विभिन्न पुस्तकहरूले गहिरो समिक्षा गरेका छन् ।

भर्खरै भारतका पूर्वपरराष्ट्र सचिव समेत रही सकेका विजय गरेखलेले “क्रस विण्ड” नामक पुस्तक प्रकाशित गरेका छन् । चीनका राजदुतका रूपमा काम गरिसकेका गोखलेको अर्को पुस्तक “थिनामेन एस क्वायर”ले चीनमा भएका विद्यार्थी आन्दोलनलाई तथ्यात्मक ढङ्गले आलोकित गरेका थिए । गोखललेद्वारा लिखित पुस्तक “लौंग गेम”ले चिनियाँ कूटनीतिक शैलीलाई सुत्रात्मक व्याखया गरेको देखिन्छ । गोखलले “क्रस विण्ड” भन्ने पूतकमा भारतले चीनलाई सन् १९४९ स्वतन्त्र राष्ट्रको रूपमा अन्तराष्ट्रिय सर्मथन दिनुलाई इतिहासिक भूलको संज्ञा दिएका छन् । अर्थात् सन् १९१४ मा चीन, तिब्वत र विट्रिश सरकारबीच भएको सीमा सम्झौतालाई लाममोहर लगाएर नै चीनलाई सर्मथन दिनु पथ्र्यो भने गोखलेको ठहर रहेको छ ।

प्रधानमन्त्री नेहरु चिनियाँ सभ्यता र संस्कृतीवाट सम्मोहित हुनु र अमेरिकी सरकारमा पुँजीवादको उग्ररुप हेर्नुलाई नेहरुको कमजोर कडीको रूपमा व्याख्या गरिएको छ । तत्कालीन समयमा अमेरिकाले भारतलाई सुझाव दिदै सीमा सम्बन्धी समस्यालाई पूर्वसर्तको रूपमा राख्दै चीनसँग कूटनीतिक सम्बन्ध अगाडि बढाउन सुझाव दिएका थिए । इतिहासको आरोश र अवरोहमा यी दुईवटै मुलुकहरूले सन् १९६२ मा युद्ध समेत गरे । चीन र भारत विच सौह्रदता नभएको खण्डमा दक्षिण एसियालगायत अरू गरिव मुलुकहरू आर्थिक रूपले फडको मार्न नसक्ने जानकारहरूको बुझाई रहेको छ ।

चीन भारतबीचका विभिन्न आयामहरू छन् । ती आयामहरूलाई नेपाल जस्तो मुलुकहरूले समेत बुझ्न आवश्यक देखिन्छ । तदनुरुप कूटनीति परिचालन गर्न सजिलो हुन्छ । द्वितीय विश्व युद्ध पश्चात अमेरिका, विट्रेन, फ्रान्स, सोभीयत रुस र चीन विजेताको रूपमा स्थान पाएको थियो । एसियामा चीनको नेतृत्व नै मुखरित भएको थियो । सन् १९४५ मा इण्डोनेसिया स्वतन्त्र भए तापनि र सन् १९४७ मा भारत स्वतन्त्र भए पनि यी मुलुकहरूलाई चीनले खास महत्व दिएको थिएन ।

गान्धीको नेतृत्वमा अहिंसाको माध्यमबाट विश्व विख्यात अङ्ग्रेजलाई हराउनु, प्रजातान्त्रिक पद्धतिलाई आत्मसाथ गर्नु र गरिव मुलुकहरूको आवाजलाई विश्व रंगमञ्चमा ध्वनित गर्नु जस्ता परिघटनालाई भारतको ओज र अस्मिता चीन भन्दा अब्वल थियो । तर माओलाई भारतको उदय पाच्य थिएन । अर्थात भारतलाई चीनले क्षेत्रीय शक्तिको रूपमा मात्र स्वीकार गर्नु तर भारतले अन्र्तराष्ट्रिय मञ्चमा आफ्नो छुट्टै अस्मिता र पहिचान बनाउ‘नु जस्ता कारक तत्वले गर्दा भारत चीन विच तनाव शिथिलीकरण भइरहेको छैन । इतिहासको चक्र चलायमान हुन्छ । असीको दशकमा चीनले पाएका हरेक अवसर भारतले प्राप्त गरिरहेको छ । सोभियत विघटनको लागि अमेरिका विकल्पको खोजीमा थियो ।

किसिनजर र निम्सनको नीतिलाई चीनिया राष्ट्रपति देङ्ले प्रचूर मात्रामा फाइदा लिदै अमेरिकी पू‘जी र प्रविधिलाई प्रयोग गर्दै चीनलाई आज विश्वको दोस्रो अर्थतन्त्रको रूपमा उभिएको छ । वर्तमान परिवेशमा अमेरिका चीनलाई सन्तुलन गर्न एउटा शक्तिको खोजीको रहदा भारत देखिएको छ । सिकागो विश्वविद्यालयका अदभूत सामरिक जानकार म्यासम्यारले भारतलाई भविष्यको महाशक्तिको रूपमा व्याख्या गरेका छन् ।

प्रजातान्त्रिक पद्धति, जनसंख्यीक लाभांश, प्रविधि र लगानी मैत्री वातावरण र चूस्त कूटनीतिक दक्षताले भारत महाशक्ति हुने उनको दावी रहेको छ । भारत चीन विच वोर्डर समस्या सामाधान नहुनु र भारतको पश्चिमा शक्तिसंग प्रागढता दिन प्रतिदिन वढ्नु जस्ता कारण आफैमा गम्भीर विषय भएको छ । कोरोनाको कहर होस या रसिया युक्रेन युद्ध होस यसको प्रभावबाट प्रत्येक घर र दैलो प्रभावित भएको छ । अर्थात् भारत चीन लनाव शिथिल नभएको खण्डमा विशव नै प्रभावित हुन सक्ने जानकारहरूको दावी रहेको छ । तनाव शिथिलिकरण सम्बन्धी पनि कूटनीतिक भाष्यहरू देखिन्छ ।

भारतका पूर्वपरराष्ट्र सचिव श्यामशरणले आफ्ना पुस्तक “हाउ चाइन सी द इण्डिया एण्ड बल्ड” मा तनाव शिथिलिकरणको सूत्रहरू प्रस्तुत गरेका छन् । चीनसँग सम्बन्ध सुधार गर्न भारतले आफ्नो आर्थिक विकासमा तीव्रता दिनु पर्दछ । सन् २००३ देखि २००६ सम्म भारतको तीव्र विकास दरले नै गर्दा विभिन्न अन्र्तराष्ट्रिय मञ्चहरूमा भारतीय नेतृत्वलाई चीनले अनुमोदन गरेको थियो भने सन् २००५ मा अमेरिकाले भारतसँग न्यूक्लियर सम्झौता गरेको थियो ।

वर्तमान परिवेशमा भारत विश्वको सबभन्दा तीव्र गतिले बढिरहेको अर्थ व्यवस्था रहेको छ । चीनलाई कूटनीतिक दवावमा राख्न भारतले आफ्नो उत्पादन क्षमतामा बढोतरी ल्याउनु पर्दछ । अरूणाचल, ग्लवान र तवाङमा चीनलाई दवावमा राख्न भारतले अमेरिकासंग सामरिक सम्बन्धलाई घनिभुत रूपमा बढाउँदै अन्र्तराष्ट्रिय वातावरण आफ्नो पक्षमा बनाउनु पर्दछ । अर्थात् भारत चीनबीच सीमा विवाद सामाधान भएको खण्डमा दक्षिण एसियाली विकासमा समेत सकारात्मक प्रभाव पर्दछ ।